Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

तरलता अभाव हुँदा ब्याजदर बढ्यो : गभर्नर

२०७९ असार २७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले तरलता अभाव हुँदा ब्याजदर बढेको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिन आयोजना गरेको छलफलमा गभर्नर अधिकारीले आयातमा भएको वृद्धिका कारण बजारको तरलता मुलुकबाट बाहिरिदा बजारमा तरलतामा दबाब परेको बताउनुभयो ।

ब्याजदरमा भएको वृद्धिका कारण उत्पादनशील क्षेत्रमा वित्तीय साधनको लागतमा वृद्धि भएको उहाँको भनाइ छ । अहिले अन्तर बैंक ब्याजदर ४.१२ बाट बढेर ७ प्रतिशत पुगेको पनि उहाँले स्मरण गराउनुभयो । अहिले बैंकको औषत ब्याजदर १०.७८ प्रतिशत रहेको उहाँको भनाइ छ ।
अधिकारीले अहिले ब्याजदर प्रि–कोभिड भन्दाबढि रहेको उहाँले जानकारी गराउनुभयो ।

अधिकारीले बैंकले २ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेको र ५ खर्ब ४८ अर्ब ऋण लगानी गरेको पनि उहाँले उल्लेख गर्नुभयो । अहिलेसम्म राष्ट्र बैंकले करिब ९० खर्बको तरलता बजारमा पठाएको उहाँले बताउनुभयो । अधिकारीले पहिला कोरोनाले अर्थतन्त्र समस्यामा रहेको र अहिले फरक खालका समस्याले अर्थतन्त्र समस्यामा रहेको बताउनुभयो ।