Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैकिङ क्षेत्र र अर्थतन्त्रमा अस्थिरता आउन सक्ने त्रास बढ्यो: गभर्नर

२०७९ असार २६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा अस्थिरता आउन सक्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले बैकिङ क्षेत्र र अर्थतन्त्रमा अस्थिरता आउन सक्ने त्रास बढिरहेको बताउनुभयो ।

‘हामाी चुनौतिपूर्ण अवस्थामा छौं, यो बाह्य कारणले निम्तिएको हो । कोरोनापछि रसिया–युक्रेन युद्धको प्रभावको मूल्य बढ्यो, इन्धन अभाव देखिएको छ,’ उहाँले भन्नुभयो, ‘पहिलो अर्थन्त्रलाई ठाउँमा राख्नुपर्छ, स्टेबल हुनुपर्छ अनि मात्रै हामी त्यसभित्र अटाउँछौं । अर्थतन्त्र अस्थिर भयो भने त्यसभित्र काम गर्दा धेरै समस्या आउँछ सक्छ ।’

निजी क्षेत्र भएकोले नाफा नघटोस्, घाटामा जानु नपरोस् भन्नु स्वभाविक रहेको र त्यसलाई अन्यथा लिने कुरा नआउने उहाँले बताउनुभयो । तर, नीति बनाउँदा अर्थतन्त्रका लागि आवशयक के हो र अर्थतन्त्रलाई कसरी जोगाउने र भोलिको जोखिमबाट कसरी जोगाउने भन्ने कुरामा ख्याल गर्नुपर्ने उहाँको भनाइ थियो ।