Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एकसातामा बैंकहरुको निक्षेप ५२ अर्बले बढ्यो, सीडी रेसियो ८८.०६ प्रतिशत

२०७९ असार २६ गते

 


बैंकिङ खबर/ सरकारी खर्च बढ्दा बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एकसातामा नै बैंकहरुको निक्षेप ५२ अर्बभन्दा बढीले बढेको छ ।

बैंकहरुसँग असार १५ सम्ममा ४४ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप थियो । असार २२ गतेसम्म ४४ खर्ब ७० अर्बमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप ५० खर्ब ६१ अर्ब छ । अहिले विकास बैंक र फाइनान्स कम्पनीसँग ५ खर्ब ९२ अर्ब निक्षेप रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ३ अर्ब कर्जा दिएका छन् । जसमा वाणिज्य बैंकले मात्र ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा दिएका छन् ।
बैंकहरुले अहिले नयाँ कर्जा नदिएको कारण कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ८८.०६ प्रतिशतमा आएको छ ।

असार मसान्तसम्म बैंकहरुले सीडी रेसियो ९० प्रतिशतभन्दा तल ल्याउनुपर्छ । अहिले आधा दर्जन वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि छ ।