July 2nd, 2022

अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै


बैंकिङ खबर/ अन्तर्राष्ट्रिय सहकारी दिवस आज मनाइँदैछ । सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी सङ्गठनमार्फत विश्वभर सहकारी दिवस मनाउन थालिएको हो । यस वर्ष ‘सहकारीले अझ राम्रो विश्व निर्माण गर्छ’ भन्ने नाराका साथ विश्व सहकारी दिवस मनाउन लागिएको छ।

नेपालसहित विभिन्न देशमा जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । दक्षिण एसियाली देशहरु नेपाल, बङ्लादेश, भारत र पाकिस्तानमा सहकारीको प्रभाव बढी छ । नेपालको पहिलो सहकारी बखान २०१३ चैत २० गते स्थापना भएको थियो । त्यसै दिनको सम्झनामा हरेक चैत २० गते राष्ट्रिय सहकारी दिवस समेत मनाउने गरिएको छ ।

स–साना व्यवसायीदेखि ठूला उद्योपतिसम्म बचत अनि लगानीको जोखिम घटाउन निश्चित रकम जम्मा गर्ने या थोरै किस्ता नियमित तिरेर ठूलो रकम सापट लिने दिने गरिन्छ । सहकारीको उद्देश्य बचत, सापट र जोखिम न्यूनीकरणका लागि बीमा हो ।

यसैबीच अबदेखि सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा सूचना प्रविष्ट नगर्ने सहकारी संस्थालाई तीन लाख रुपैयाँसम्म जरिबाना हुने भएको छ ।

सहकारी ऐन–२०७४ मा कोपोमिसमा सूचना प्रविष्ट नगर्ने सहकारीलाई तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ । अहिलेसम्म १५ हजार सहकारी संस्थाले कोपोमिसको पासवर्ड लगे पनि नौ हजारले मात्रै विवरण प्रविष्ट गर्ने गरेको नेपाल सहकारी विभागले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]