Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२६ अर्बले घट्यो चलनचल्तीमा नोट

२०७९ असार १२ गते

बैंकिङ खबर/ जेठ महिनामा २६ अर्बले चलनचल्तीमा रहेको नोट घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ महिनाको तथ्यांक अनुसार बजारमा अहिले ६ खर्ब ९ अर्ब रुपैयाँको चलनचल्तीको नोट रहेको छ । बैशाख मसान्तमा ६ खर्ब ३५ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको नोट थियो ।

बैशाखमा स्थानीय तहको निर्वाचन भएको कारणले चैतको तुलनामा नोटको आपूर्ति बढेको थियो । स्थानीय निकायको निर्वाचनपछि प्रणालीमा पैसा फर्केको देखिएको हो ।