सहकारी बैंकका सदस्यलाई ५७ लाखसम्म संरक्षित पूँजी फिर्ता


Bankingkhabar /June 16, 2022

बैंकिङ खबर/राष्ट्रिय सहकारी बैंकका एउटै सदस्यले करिब ५७ लाख सम्म संरक्षित पुँजी फिर्ता कोष बापतको रकम प्राप्त गरेका छन् । बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य गरेसँगै एउटै सदस्यले करिब ५७ लाख रकम प्राप्त गरेको हो ।

सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकले सदस्य संघरसंस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल १७ करोड ७१ लाख ७४ हजार २ सय १९ रुपैयाँ ५७ पैसा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको छ ।

संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ÷संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताउनुभयो । उहाँका अनुसार बचत र कर्जा कारोबार गर्ने १३,७१२ सहकारी संघरसंस्थाहरुको संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचततर्फ ५६ लाख ५२ हजार तथा कर्जातर्फ १३ लाख ७८ हजारसम्म प्राप्त गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरागाईंले बताउनुभयो ।

“उत्कृष्ट वित्तीय सेवासहितको सहकारी बैंक” भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट ५० हजारभन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघरसंस्थाहरु ६९९ रहेका छन् । हाल बैंकमा करिब १५ हजार भन्दा बढी सदस्य सहकारी संघ संस्थाहरु रहेका छन् । यसअघि बैंकले आफ्ना सदस्य सहकारी संघरसंस्थाहरुलाई आर्थिक वर्ष २०७७र०७८ को लागि बैंकको १८ औं वार्षिक साधारण सभाबाट पारित गरी १५ प्रतिशत लाभांश वापतको रकम साधारण सभा सम्पन्न गरेको दिन गत पौष ३० गते वितरण गरेको थियो ।

सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ ले गरेको व्यवस्था पछि सहकारीहरूको केन्द्रीय निकायहरुमध्ये निरन्तर संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुलाई रकम बाँडफाँड गर्ने बैंक पहिलो हो । सहकारीका अन्य केन्द्रीय निकायहरुले शेयरको आधारमा वितरण गरे पनि बैंकले बचत र कर्जा कारोबारको आधारमा वितरण गर्दै आएको छ ।

बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी संघ-संस्थाहरुलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरुमा समेत राष्ट्रिय सहकारी बैंकमा कारोबार गरी संरक्षित पूँजी फिर्ता कोषबाट लाभ लिन अनुरोध समेत विज्ञप्ति मार्फत गरेको छ ।

 

Spread the love

सोसिअल मेडिया