Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारी बैंकबाट संचालक भट्टराईको राजीनामा

२०७९ जेष्ठ २७ गते

बैंकिङ खबर/ सरिता तिम्मल्सिना भट्टराईले राष्ट्रिय सहकारी बैंकको संचालक पदबाट राजीनामा दिनुभएको छ । सूर्यविनायक नगरपालिको उपमेयरमा निर्वाचित भएपछि उहाँले राजीनामा दिनुभएको हो ।

सहकारी ऐन तथा नियमावलीको व्यवस्था र संघिय सहकारी विभागले जारी गरेको निर्देशन अनुसार सार्वजनिक पदमा भएको व्यक्ति सहकारी संघसंस्थाको संचालक बस्न नपाउने व्यवस्था रहेकाले भट्टराईले राजीनामा दिनुभएको हो ।

भट्टराईले बैंक संचालक समितिसमक्ष बैशाख ११ गते दिएको राजीनामालाई शुक्रबार बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको अध्यक्ष केबी उप्रेतीले जानकारी दिनुभयो ।