Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

‘सेटिङ’ मा दर्ता भएका सहकारीको छानविन हुँदै

२०७९ जेष्ठ ११ गते

बैंकिङ खबर/ बागमती प्रदेश सरकार अन्तर्गत दर्ता भएका सहकारी संस्थाको छानविन हुने भएको छ । उक्त सहकारीहरुको छानविनका लागि समिति समेत गठन भएको छ । तत्कालित रजिष्ट्रारको कार्यकालमा प्रकृया नपुगी सहकारी दर्ता भएको गुनासो आएपछि बागमती प्रदेश सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले छानविन समिति गठन गरेको हो ।

मन्त्रालयका कानुनी अधिकृत प्रकाश चापागाईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । समितिले उक्त समयमा दर्ता भएका सहकारीको अध्ययन गरिरहेको छ ।

तत्कालित रजिष्ट्रारको कार्यकालमा करिब १ सय ३० वटा संस्था दर्ता भएका छन् । उक्त समयमा अधिकांश बहुउद्देश्यीय सहकारी दर्ता भएका छन् । एकभन्दा बढी पालिका कार्यक्षेत्र रहने सहकारीको दर्ता प्रदेशमा हुने कानुनी व्यवस्था छ ।

संस्था दर्ता गर्दा प्रकृया नपुगेको गुनासो आएपछि छानविन गर्न समिति गठन गरिएको मन्त्रालयका सचिव बलराम निरौलाले जानकारी दिनुभयो ।