Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आरटीजीएस प्रणाली थप ४ बैंक तथा वित्तीय संस्था आबद्ध

२०७९ जेष्ठ ४ गते

बैंकिङ खबर/ रियल टाइम ग्रस सेटेलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ४ बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार आरटीजीएस प्रणालीमा मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी र समृद्धि फाइनान्स कम्पनी लिमिटेड आबद्ध भएका हुन्।

बुधबारदेखि नै यी ४ बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा डाइरेक्ट पार्टिसिपेन्ट्सका रुपमा आबद्ध भई कारोबार गर्ने राष्ट्र बैंकले जनाएको छ।