Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बिटक्वाइनबारे छलफल गर्न राष्ट्र बैंकको टोली एल साल्भाडोरमा

२०७९ जेष्ठ २ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको एक टोली बिटक्वाइनका बारेमा छलफल गर्न एल साल्भाडोर पुगेको छ । विश्वभरका ४४ मुलुकका केन्द्रीय बैंक र वित्तीय अधिकारीबीच सेल्ट्रल अमेरिकी राष्ट्र एल साल्भाडोरमा वित्तीय समावेशीकरण, डिजिटल इकोनोमीका साथै बिटक्वाइनका विषयमा छलफल हुने बताइएको छ ।

एल साल्भाडोरका ४३ औँ राष्ट्रपति नयिब बुकेलेका अनुसार भोलि हुने उक्त छलफलमा नेपालसहित अन्य ३२ वटा मुलुकका केन्द्रीय बैंक र १२ वटा वित्तीय संस्थाका अधिकारीहरुको उपस्थिति हुनेछ ।

बुकेलेले ट्विटरमा मंगलबार हुने छलफलमा बिटक्वाइन, डिजिटल इकोनोमीलगायतले मुलुकलाई हुने फाइदाबारे छलफल गरिने छ ।
एल साल्भाडोर बिटक्वाइनलाई मुद्राका रुपमा कानुनी मान्यता दिने विश्वकै पहिलो देश पनि हो ।