Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले रु. २०.१८ अर्बको ट्रेजरी बिल जारी गर्दै

२०७९ बैशाख २५ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले २० अर्ब १८ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले वैशाख २७ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल आउँदो साउन २४ गते परिपक्व हुनेछ।

यसैगरी बैंकले १८२ का लागि ११ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल भने आउँदो कात्तिक २२ गते परिपक्व हुनेछ। केन्द्रीय बैंकले २०८० वैशाख २६ गते परिवक्व हुने गरी ३६४ दिने २ अर्ब ८ करोड रुपैयाँको ट्रेजरी बिल पनि जारी गर्नेछ।

यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।