Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले डिजिटल करेन्सी जारी गर्ने

२०७९ बैशाख १४ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका ६७ औं वार्षिक स्थापना दिवसको कार्यक्रममा बोल्दै डेपुटी गभर्नर बमबहादुर मिश्रले सो जानकारी गराउनुभएको हो ।

विश्वव्यापी डिजिटल करेन्सीको प्रयोग बढ्दै गएको बेला केन्द्रीय बैंकले पनि नेपालमा डिजिटल करेन्सी प्रयोगमा ल्याउने बताएको हो । राष्ट्र बैंकले डिजिटल करेन्सी ल्याउन लागिएको मिश्रले बताउनुभयो ।