
बैंकिङ खबर/ सर्वोच्च अदालतबाट पुनर्बहाली हुनुभएका गभर्नर महाप्रसाद अधिकारी बुधबार दिउँसो मात्र राष्ट्र बैंक कार्यालय जाने हुनुभएको छ । आफ्ना अधिवक्ताहरुको सल्लाह अनुसार सर्वोच्चमा गएर औपचारिक पत्र लिएपछि उनी राष्ट्र बैंक कार्यालय जाने कार्यक्रम छ।
सर्वोच्चले उनीमाथि छानबिन रोक्न र नियमित काम गर्न दिन अल्पकालिन अन्तरिम आदेश दिएको छ। आदेशको कपी सार्वजनिक पनि भइसकेको छ।
राष्ट्र बैंकका कर्मचारीहरुले गभर्नरलाई स्वागत गर्न सामान्य कार्यक्रम राखेका छन्।
सरकारले चैत २४ गते छानबिन गर्ने भन्दै अधिकारीलाई निलम्बन गरेको थियो। यो निर्णयविरुद्ध अधिकारी वैशाख ४ गते सर्वोच्च अदालत पुग्नुभएके थियो ।


