Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

स्थायी तरलता सुविधा लिन खाता सञ्चालकको विवरण पठाउन राष्ट्र बैंकको निर्देशन

२०७९ बैशाख ४ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा तथा खुला बजार कारोबारअन्तर्गतका सुविधा लिनका लागि खाता सञ्चालकहरुको जानकारी पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज एक सूचना प्रकाशित गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई खाता सञ्चालकहरुको जानकारी पठाउन निर्देशन दिएको हो।

मौद्रिक व्यवस्था विभागबाट स्थायी तरलता सुविधा तथा खुला बजार कारोबारअन्तर्गतका सुविधा लिने सबै बैंक तथा वित्तीय संस्थाहरु यस्तो निर्देशन दिएको हो।

ती सुविधाका लागि खाता सञ्चालकहरुको हस्ताक्षरसहितको विवरण तथा प्रमुख कार्यकारी अधिकृत र ट्रेजरी विभागका प्रमुखको सम्पर्क नम्बर (मोबाइल नम्बर) का साथै ई–मेल आईडीसहितको जानकारी यथाशीघ्र विगभामा पठाउन सूचनामा उल्लेख छ।