Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

‘सहकारीहरु पूर्ण रुपमा डिजिटलाइजेशन हुन आवश्यक’

२०७८ चैत्र २९ गते

बैंकिङ खबर/ ६५ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाको आयोजनामा तितेपाती महिला बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा एक दिने सहकारी डिजिटलाइजेशन अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले गर्नुभएको थियो । प्रमुख अतिथि आचार्यले यस किसिमको तालिमको आवश्यकता रहेको बताउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सहकारी डिजिटलाइजेशन अभिमुखीकरण तालिमको मुख्य तालिमकर्ता प्रभु मेनेजमेन्टका डिजिटल फाइनेन्सियल सर्भिसेसका प्रमुख केशव राज आचार्यले सहकारीलाई नाफामूलक बनाउन र अहिलेको युग प्रविधिको युग भएकोले देशको अर्थ व्यवस्था बलियो बनाउने आधार समेत सहकारी भएका कारण पूर्ण रुपमा डिजिटाइजेशन गरी सरल, सहज र सुरक्षित वित्तीय कारोवार गनुपर्र्ने कुरामा जोड दिँदै कोर बैकिंग सिस्टम, मोबाइल बैकिंग, ईन्टरनेट बैकिंग, मोवाइल वालेट लगायतका डिजिटल वित्तीय कारोवारका प्रविधिका बारेमा उहाँले जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा प्रभु मेनेजमेन्टद्वारा सबै प्रकारका विषयगत सहकारीका लागि विगत लामो समयदेखि बजारमा ल्याइएको निःशुल्क एकाउण्ट सफ्टवेयर प्रभु कोर बैकिंग सफ्टवेयरका बारेमा टे«निङ्ग अफिसर सुजन खत्रीले तालिम दिनुभएको थियो ।

त्यस्तै परिस्कृत रुपमा आएको पिसिएस पि ३ मा सहकारी संस्थाहरुलाई आवश्यक पर्ने प्रतिवेदनहरु, वित्तिय विश्लेषण, चार खाता लगायत आवश्यकताको आधारमा विभिन्न भाषामा तयार गर्न सकिने यो निःशुल्क एकाउण्ट सफ्टवेयर क्लाउडवेश भएकोले डाटा सुरक्षित रहने जानकारी दिनुभयो ।

साथै विद्युतीय कार्ड, अनलाइन सर्भिसेज, एसएमएस बैकिंग आदि सेवाहरु सहजता पूर्वक सञ्चालन गर्नुका साथै स्वचालित कियोस्क मेशीन तथा देश विदेशमा रहेको प्रभुको संजालबाट तुरुन्तै एकाउन्ट डिपोजिट गर्न सक्ने सुविधाका बारेमा जानकारी दिँदै एक भन्दा धेरै सेवा केन्द्र रहन सक्ने सुविधा भएको यस सफ्टवेयरलाई अफलाइन र अनलाइन दुवै माध्यमबाट प्रयोग गर्न सक्ने समेत बताउनुभयो ।

बुटवल उपमहानगरपालिका भित्रका १०० वटा सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिका बरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेल, बुटवल उपमहानगरपालिका सहकारी विभाग प्रमुख गुनाखर खनाल, क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतम लगायतका अतिथिहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।

अभिमुखिकरण तालिमको अध्यक्ष तितेपाती महिला बचत तथा ऋण सहकारी संस्थाकाअध्यक्ष कमला बस्नेत कुंवरले कार्यक्रममा सहभागी प्रमख अतिथि, अतिथि, तालिमकर्ता संस्थाका प्रतिनिधिहरु, विभिन्न सहकारीबाट सहभागी हुनुहुने प्रतिनिधिहरु लगायतलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अभिमुखीकरण तालिममा उद्देश्य अनुरुप नै सहभागीहरु रहेको र तालिम पनि निकै उपयोगी रहेको आयोजकले जानकारी दिएका थिए भने यस किसिमको वातावरण सिर्जना गरिदिएको मा आयोजक बुटवल उपमहानगरपालिका र अवसर प्रदान गरिदिएको मा तीतेपाती महिला बचत तथा ऋण सहकारी संस्थालाई प्रभु मेनेजमेन्टका डिएफएस प्रमुख केशव राज आचार्यले धन्यवाद व्यक्त गर्नुभएको थियो । बुटवल उपमहानगरपालिका सहकारी विभागका प्रमुखगुनाखर खनालसँग सहकारीलाई डिजीटाइजेशन गर्ने विषयमा आगामी दिनमा हुने सहकार्यका बारेमा छलफल पनि गरिएको थियो ।