नेपालको आर्थिक स्वतन्त्रताको अवस्था कमजोर हुँदै गएको पाइएको छ । विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१६ अनुसार गत बर्ष भन्दा नेपाल आर्थिक स्वतन्त्रताको अवस्थामा दुई स्थान तल झरेको हो । समृद्ध्रि फाउण्डेशनले क्यानाडाको फ्रेजÞर इन्स्टिच्युटसँग सहप्रकाशन गरी सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल १५९ राष्ट्रहरुमध्ये १०८ औं स्थानमा रहेको छ । गत वर्ष यस प्रतिवेदनमा नेपाल १५७ राष्ट्रहरु मध्ये १०६ औं स्थानमा रहेको थियो । नेपाल यस वर्षको प्रतिवेदनमा ६.५४ अंकका साथ् १५९ राष्ट्रहरु मध्ये १०८ औं स्थानमा परेको हो । गत वर्ष ६.५६ अंक ल्याएको थियो ।
सरकारको आकार, न्याय व्यवस्था तथा सम्पति माथिको अधिकारको सुरक्षा, स्वस्थ मुद्रा माथिको पहुँच, अन्तराष्ट्रिय व्यापार गर्ने स्वतन्त्रता, कर्जा, श्रम र व्यवसायमा नियमनको व्यवस्था लगायतको आधारमा आर्थिक स्वतन्त्रताको अवस्था मापन गर्ने गरिन्छ । अध्ययनका अनुसार, आर्थिक स्वतन्त्रताको माथिल्लो पंक्तिमा रहेका राष्ट्रहरुका जनताहरुमा बढी समृिद्ध, बढी राजनीतिक र नागरिक स्वतन्त्रता र लामो औसत आयु पाइन्छ ।
प्रतिवेदनका अनुसार विश्वभरमा सबैभन्दा उच्चदरको आर्थिक स्वन्तन्त्रता कायम गरेका दश उत्कृष्ट राष्ट्रमा हंगकंग पहिलो, त्यसपछि क्रमश सिंगापुर,न्यु जिल्यान्ड, स्विजÞरर्लै, क्यानडा, जर्जिया, आयरल्याण्ड, मरिसियस, युनाईटेड अरब एमीरेटस, अष्ट्रेलिया र संयुक्त अधिराज्य रहेका छन् । त्यसै गरी, इरान, अल्जेरिया, च्याड, अंगोला, सेन्ट्रल अफ्रिकि रिपब्लिक, अर्र्जे्न्टिना, रिपब्लिक अफ कंगो, लिब्या र भेनेजुएला लगातार अन्तिम १० स्थानमा रही सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएका देशका रुपमा अगाडी आएका छन् ।
आर्थिक स्वतन्त्रताको सूचीमा माथि रहेको राष्ट्रहरुको सन् २०१४ मा औसत प्रति व्यक्ति कुल गार्हस्थ उत्पादन ४१ हजार २ सय २८ अमेरिकी डलर रहेको थियो भने आर्थिक स्वन्तन्त्रता सूचीको निम्न पंक्तिमा रहेका राष्ट्रहरुको चाँहि ५ हजार ४ सय ७१ अमेरिकी डलर थियो । त्यसबाहेक, आर्थिक रुपले स्वन्तन्त्र राष्ट्रहरुमा सबै भन्दा गरिब १० प्रतिशतको औसत आम्दानी पनि ११ हजार २ सय ८३ अमेरिकी डलर रहेको छ । जून आर्थिक रुपले अस्वतन्त्र राष्ट्रहरुको समग्र औसत आम्दानी भन्दा अधिक हो ।
