Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

श्रीलङ्काको केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त

२०७८ चैत्र २५ गते

बैंकिङ खबर/ श्रीलङ्काको केन्द्रीय बैंकको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ । सरकारले बरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिङ्घे नयाँ गभर्नर बनाएको केन्द्रीय बैंकले जनाएको छ ।

गभर्नरमा नियुक्त वीरासिङ्घे कोलम्बो विश्वविद्यालयमा कार्यरत हुनुहुन्थ्यो । अर्थशास्त्रमा गहिरो अध्ययन गर्नु भएका उहाँले अर्थशास्त्र सम्वन्धी अनुसन्धान र अध्यापन पनि गर्दै आउनु भएको छ ।

उहाँ मलेसियाको वियसान केन्टरमा पनि आवद्ध हुनुहुन्छ भने अष्ट्रेलियाको राष्ट्रिय विश्वविद्यालयमा सार्वजनिक नीति र व्यवहारिक अर्थतन्त्र विश्लेषण केन्द्रको सल्लाहकार समिति सदस्य हुनुहुन्छ ।