
बैंकिङ खबर/आयात उच्च दरले बढ्दा विदेशी मुद्राको सञ्चितीमा घट्दो क्रममा रहेको पाइएको छ । राष्ट्र बैंकले अर्थमन्त्रालयलाई गरेको ब्रिफिङ अनुसार, १५ करोड डलरले विदेशी मुद्राको सञ्चिति घटेको छ ।
राष्ट्र बैंकका अनुसार, माघमा नेपालसँग कुल विदेशी मुद्राको सञ्चिती ९७५ करोड डलर थियो । फागुनमा आउँदा यो ९६० करोड अेमरिकी डलरमा आएको हो ।
विदेशी मुद्राको सञ्चिति उच्च दरले घटेकै कारण राष्ट्र बैंकले ३०० बस्तुको आयात रोक्नका लागि बैंकहरुलाई डाकेर प्रतितपत्र नखोल्न मौखिक निर्देशन दिइसकेको छ ।


