लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालका अभिकर्ता अन्जान भण्डारी सबैभन्दा बढी बिमांक रकमको बीमा गराउने अभिकर्ताका रूपमा सम्मानित हुने भएका छन् । गत आर्थिक वर्षमा मात्रै उनले करिब १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको बीमा गराएका छन् । यसबापत उनलाई लाइफ इन्स्योरेन्स कर्पोरेसन भारतले उत्कृष्ट अभिकर्ताका रूपमा सम्मानित गर्ने भएको हो ।
एलआईसीले विश्वका २२ मुलुकमा साझेदारीका रूपमा बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ । प्रत्येक वर्ष कम्पनीले सबैभन्दा धेरै बीमालेख जारी गर्ने र सबैभन्दा बढी बिमांक रकम बराबरको बीमा गर्ने अभिकर्तालाई सम्मान गर्दै आएको छ । यसअघि भारतीय अभिकर्ताहरुले यो सम्मान पाउने गरेकोमा योपटक भने नेपाली अभिकर्ताले पाउने भएका हुन् ।