March 1st, 2016

बैँकिङ खबरलाई बैँकर्सहरुको शुभकामना : निष्पक्ष सूचना संप्रेषणको अपेक्षा

बैंकिङ जगतका सबैखाले गतिविधिहरु समेट्नको लागि मंगलबारदेखि बैंकिङ खबर डटकमले आफ्नो यात्रा सुभारम्भ गर्दै छ । सुभारम्भको अन्तिम घडिमा बैंकिङ खबर डटकम कसरी अगाडि बढ्नुपर्ला भन्ने विषयमा केहि बैंक र वित्तिय क्षेत्रमा ब्यक्तिको राय सुझाव हामीले समेट्न खोजेका छौं । 

दुरदराजमा पनि बैंकका खबरहरु पु¥याओस् । 
अशोक शेरचन (कार्य समिति सदस्य, नेपाल बैंकर संघ)
ashok serchanबर्तमान समयमा नेपालमा मिडियाहरुको संख्या अत्याधिक भएतापनि पर्याप्त मात्रामा बंैकिङ खबरहरु सम्प्रेषण गर्न सकेका छैनन् । त्यसैले बैंकिङ खबर डटकमले बैंकहरुले सञ्चालन गरेका हरेक गतिविधिहरुको जानकारी दिन सक्नुपर्छ । यसले पर्यटन, एग्रो र हाइड्रोका गतिविधिहरुपनि सञ्चान गरोस् । हरेक क्षेत्रको विकासको लागि मिडियाको उल्लेखीय भूमिका रहने भएकोले बैंकहरुलाई समान तहमा राखेर सुचनाहरु प्रवाह गरोस् । बैंकिङ जगतका सबै समाचारहरु चुस्त र दुरुस्त रुपमा सम्पे्रषण हौन । बैंकहरुले प्रवाह गरेका सबैखाले सुचनाहरु सर्बसाधारणको पहुँचमा पु¥याउन जरुरी पनि देखिन्छ, त्यसको लागि बैंकिङ खबरले पनि हामीलाई अझ बढी सहयोग मिल्ने छ । अहिले वित्तिय साक्षरता बढाउन जरुरी छ । बैंकहरुले वित्तिय साक्षरता बढाउनकोे लागि गरेको अभ्यास त्यति चुस्त र दुरुस्त भएको पाइँदैन । नीति तथा कार्यक्रमहरु पनि त्यति प्रभावकारी बन्न सकेका छैनन् । सेवा प्रवाह गररिहेका बैंकहरुका सबै शाखाहरु शहरमै केन्द्रीत देखिन्छन् । दुर्गम क्षेत्रका मानिसले पनि सेवा लिन पाउनुपर्छ । त्यसैले ती दुरदराजमा पनि बैंकहरुको उपस्थिति हुनुपर्छ ।

बैंकिङ जगतलाई केन्द्रमा समाचार सम्प्रेषण गरोस् ।
कृष्णराज लामिछाने (अध्यक्ष, विकास बैंकर्स संघ)
krishna rajसर्बप्रथम त बैंकिंङ क्षेत्रका गतिविधिहरु सबैको पहुँचमा पु¥याउनको लागि बैंकिङ खबर सुभारम्भ भएको अवसरमा हार्दिक शुभकामना दिन चाहान्छु । नेपालमा धेरै सञ्चार  माध्यमहरुको विस्तार भएतापनि बैंकिङ क्षेत्रका गतिविधिहरु खाँसै सम्प्रेषण भएको पाइदैन । बैंकहरुका गतिधिहरुलार्ए थोरै मात्र स्थान दिइएको थियो । यसले विशुद्ध बैंकिङ जगतलाई केन्द्रमा राखेर गतिविधिहरुलाई सबैको पहुँचमा पु¥याओस् । बैंकिङ जगतलाई विकास गर्ने  उद्देश्यले बैंकिङ खबर सुरु भएकोमा खुखी पनि लागेको छ । यसप्रति हामी बैंकिङ क्षेत्रमा काम गर्नेहरुको सुझाब के छ भने, ‘गलत र भ्रमिक खबरहरु सम्प्रेषण नगरोस् ।’ बर्तमान समय सुहाउँदो अनलाइन सेवा धेरै उत्तम खर प्रभावकारी पनि मानिन्छ । धेरै ठाउँहरुमा उसको पुहँच पुगिसकेको छ । अब बैंकहरुले पनि आफ्ना सेवाहरुलाई विस्तार गर्दै अघि बढाउन जरुरी छ ।

वित्तिय क्षेत्र विकासका लागि भूमिका खेलोस्
मन राई (प्रबन्ध निर्देशक, वित्तिय फाइनान्स) 
ManaRaiवित्तिय सम्बन्धि गतिविधिहरु सम्प्रेषण  गर्ने उद्देश्यले आफ्नो सेवा सुभारम्भ गरेको अवसरमा बैंकिङ खबरलाई हार्दिक बधाई । योे अनलाइनले बैंक क्षेत्रका सबै गतिविधिहरु समेटोस् । निष्पक्ष तवरले बैंकिङ क्षेत्रका समाचारहरुलाई स्थान दिओस् । बैंकहरुसंग हातेमालो गरोस्, सर्वसाधारण जनतालाई पनि अनलाइन मार्फत सुचनाहरु प्रवाह गरोस । बैंकिङ क्षेत्रमा सहभागिता बढाउँदै र जनचेतना प्रवाह गर्दै अघि बढोस् । बर्तमान समयमा बैकिङ क्षेत्रमा ४० प्रतिशत मात्र मानिसको पहुँच पुगेको छ । यसलाई वृद्धि गर्नको लागि बैंकिङ खबर डटकमले महत्वपूर्ण भूमिका खेल्ने छ । हामीले पनि आवश्यक सुचनाहरु दिनेछौ । त्यसैले सेवाग्राहिहरुलाई बैंकका सबै गतिविधिहरुबारे थाहा दिनेछ भन्ने मेरो अपेक्षा पनि छ ।