Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सिभिल लघुवित्तले मनायो ‘ग्लोबल मनिविक’

२०७८ चैत्र १४ गते

बैंकिङ खबर/ “ग्लोबल मनि विक” कार्यक्रमअन्तर्गत विश्वव्यापी रुपमा वित्तीय साक्षरता तथा जनचेतना कार्यक्रमहरु संचालन भइरहेकोमा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) पनि विभिन्न कार्यक्रम गरी मनाएको छ ।

संस्थाले यहि चैत्र ७ गते देखि चैत्र १३ गतेसम्म “ग्लोबल मनि विक – २०२२” को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरी सम्पन्न गरेको हो ।

संस्थाले वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले अन्तरक्रिया कार्यक्रम संचालन गर्नुको साथै प्लेकार्ड, ब्यानर आदिको प्रयोग गरी र्यालीसमेत आयोजना गरेको थियो ।

संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुलमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन “ग्लोबल मनि विक – २०२२” ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रमबाट करिब १७ हजार जना लाभान्वित भएको संस्थाले जनाएको छ ।