Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुनवर्षी बहुउद्देश्यीय सहकारी संस्थाको कारोवार शुरु

२०७८ चैत्र ७ गते


बैंकिङ खबर/ सुनवर्षी बहुउद्देश्यीय सहकारी संस्था लिको कारोवार शुभारम्भ भएको छ । नेपाल सरकार सहकारी ऐन २०७४ अन्र्तगत बागमती प्रदेश सहकारी ऐन २०७६ बमोजिम काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभरी कार्य क्षेत्र कायम भई स्थापित संस्थाको आइतबार शभारम्भ गरिएको हो ।

आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका लागि गुणात्मक एवं दिगो सहकारीको सोचका साथ शेयर सदस्यहरुलाई समाज समुदायमा सरल सहज तरिकाले आधुनिक व्यवस्थीत जीवनयापनमा सहयोग पुर्याउने उद्देश्य राखेको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द प्रसाद पाण्डेको प्रमुख आथित्यतामा उक्त सहकारीको शुभारम्भ गरिएको हो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ध्रुव नारायण यादव, उर्वर नेपाल लिका अध्यक्ष सुदर्शन विक्रम कार्की, काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका संयोजक तुल्सी प्रसाद सापकोटा, क्यान महासंघका उपाध्यक्ष खुशल रेग्मीको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापति संस्थाका अध्यक्ष गणेश कुमार घिमिरेले गरेका थिए ।

सञ्चालकहरुको सहकारी शिक्षाले संस्थामा सुशासन र पारदर्शिकता ल्याउनुपर्ने र बचत तथा ऋणको लक्ष्य नराखी आ–आफ्नो संस्थाको उद्देश्य अनुरुप काम गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले जोड दिए । अहिले सहकारीहरु किनबेच हुने कुरा आफ्नो जानकारीमा आएकोमा त्यसलाई प्रदेश सरकारले आफ्नो विभाग र भुमि तथा सहकारी मन्त्रालय मार्फत विशेष निगरानिमा राखि कारवाहिको दायरामा ल्याउने उनले बताए ।

सहकारी अभियानमा आफ्नो अनुभवहरु सुनाउँदै सहकारीहरुले आफ्नो सदस्यहरुको स्वास्थ्य सेवामा पनि सहकारी मार्फतनै कुनै कार्यक्रम तय गर्नुपर्ने र सहकारी अनुकुल नभएका पुराना निति नियमहरुलाई परिमार्जन गर्नमा पहल गर्ने कुरामा विश्वस्त पारे ।

साथै क्यान महासंघका उपाध्यक्ष खुशल रेग्मीले प्रविधिमा सहकारीहरुलाई सघाउनको लागी क्यान महासंघ तयार रहेको जानकारी दिए । राष्ट्रिय सहकारी बैंकका संञ्चालक ध्रुव नारायण यादवले संस्थाको सुशासन र प्रगती हातेमालो गर्न तयार रहेको जानकारी गराए ।

उर्वर नेपालका अध्यक्ष सुदर्शन विक्रम कार्कीले सहकारीसंग सहकार्य गरी कृषक र कृषि पेशालाई आधुनिकि करण गर्नको उर्वर नेपाल लि.सदैव तयार रहेको बताए ।

काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका संयोजक तुल्सी प्रसाद सापकोटाले प्रारम्भीक साधारण सभावाट निर्वाचित संचालक समिति एव लेखा समितिका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै संस्थालाई आवश्यक पर्ने प्राविधिक तालिम एवं सहकारी शिक्षा प्रदान गर्न काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संध लि. तयार रहेको जानकारी गराए ।

संस्थाको तर्फबाट अध्यक्ष गणेश कुमार घिमिरेले वर्तमान सहकारी बजारमा रहेका विभिन्न विसंगती एवं चुनौतिहरुको सामना गर्दै चुक्ता पूँजी र संस्थाको उद्देश्य अनुरुप बहुउद्देश्यीय कार्यहरु गर्नुका साथै, निक्षेप संकलन, कर्जा सापटी, मुनाफा आर्जन र कारोबारमा सहकारी ऐन, नियम, विनियम र विभिन्न समयमा जारी निर्देशनहरुको पुर्णपालना गर्ने बताए ।