Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

‘नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया दोस्रो संशोधन २०७८’ जारी

२०७८ फाल्गुन १८ गते


बैंकिङ खबर/ नागरिक बचतपत्रमा अब अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने भएको छ। राष्ट्र बैंकले नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया दोस्रो संशोधन २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। केन्द्रीय बैंकका अनुसार नागरिक बचतपत्र मौद्रिक व्यवस्थापन विभागबाट निश्चित अवधि तोकोर बिक्री खुला गरिन्छ। लगानीकर्ताले सोही अवधिभित्र खरिदका लागि आवेदन दिनुपर्नेछ।

नागरिक बचतपत्र सर्वसाधारण नेपाली नागरिकले मात्र खरिद गर्न सक्नेछन्। लगानीकर्ताले नागरिक बचतपत्र खरिद गर्नका लागि अनुसूची–१ बमोजिमको दुई प्रति आवेदन फारम र अनुसूची–२ बमोजिमको स्वघोषणा फारम भरी वा राष्ट्र बैंकको वेबसाइटअन्तर्गत मनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत पेस गर्न सक्नेछन्। फाराममा खरिद गर्न चाहेको रकम अंक र अक्षरमा स्पष्ट लेख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार नागरिक बचतपत्र भने न्यूनतम १० हजार रुपैयाँदेखि बढीमा १० हजारले निःशेष भाग जाने कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ।