
बैंकिङ खबर/ युक्रेनलाई विश्वभरबाट सवा १ अर्ब बराबरको क्रिप्टोकरेन्सी सहयोग प्राप्त भएको छ । रूसले युक्रेनमा आक्रमण सुरु गरेदेखि नै युक्रेनी समूहहरूलाई क्रिप्टोकरेन्सी सहयोग प्राप्त भएको हो ।
फेबुअरी २४ देखि सुरु भएको यो युद्धकाबीच आजसम्म युक्रेनले ९९ लाख डलर (साेमबारको मूल्य विनिमय दर अनुसार एक अर्ब १८ करोड ३५ लाख ९८ हजार ४६० रुपैयाँ) बराबरको क्रिप्टोकरेन्सी सहयोगको रुपमा प्राप्त गरेको अनुसन्धान संस्था एलिप्टिकले जनाएको छ ।
युक्रेनका नागरिक तथा सेनालाई सहयोग गर्नको लागि डिसेन्ट्रलाइज्ड अटोनोमस अर्गनाइजेसन (डीएओ) स्थापना गरिएको छ, जसको माध्यमबाट युक्रेनमा विश्वभरबाट सहयोग पुगिरहेको छ । केही सहयोगीहरूले आफ्नो एनएफटी बिक्री गरेर पनि युक्रेनलाई सहयोग रकम पठाइरहेको छ । यो पटक युक्रेनले भने सहयोग स्वरुप आएको बिटक्वाइनलाई पनि मान्यता दिएको हो ।


