Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

जनसंख्याको आधारमा मनाङमा बैंकिङ पहुँच सबैभन्दा राम्रो

२०७८ फाल्गुन ८ गते

बैंकिङ खबर/ हिमाली दुर्गम जिल्ला मनाङ कतिपय सूचकमा पछाडि देखिए पनि बैंकिङ पहुँचमा भने सबैभन्दा अगाडि देखिएको छ। ०७८ पुस मसान्तसम्मको तथ्यांक हेर्दा सुविधा सम्पन्न काठमाडौंभन्दा मनाङका जनतामा बैंकको पहुँच राम्रो देखिएको हो।

नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार चालू आवको पुससम्म मनाङका ५७१ जनाको भागमा एउटा बैंक शाखा परेको छ। यो जिल्लामा बैंकहरूका ११ वटा शाखा विस्तार भएका छन्।

काठमाडौं जिल्लामा भने २ हजार २४७ जनालाई एउटा शाखा भागमा परेको छ। काठमाडौंमा हालसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका १ हजार २४ वटा शाखा कार्यालय स्थापना भएका छन्। जनसंख्याको आधारमा हेर्दा काठमाडौंको तुलनामा मनाङ जिल्लाका जनतालाई बैंकको पहुँच राम्रो देखिएको हो।

मनाङको तुलनामा काठमाडौंमा १ हजार ६७६ जना बढीले बैंकको एउटा शाखा प्रयोग गर्नुपर्ने बाध्यता छ। यद्यपि काठमाडौंमा सबैभन्दा बढी बैंक शाखा खुलेका छन्।अभियान दैनिकबाट