नेपाली सर्वसाधारण जनता अझ खास गरि दुर्गम भेगमा बस्ने गरिब किसानहरुको स्तरोन्नतीका लागि कृषि नै राष्ट्रको आर्थिक विकासको आधार हो भन्ने बारेमा नयाँ पुस्तामाझ छाप बसाउन तथा कृषि विकासमा बढीभन्दा बढी गतिशीलता ल्याई सर्वसाधारण जनताको आर्थिक हित र सुविधा कायम गराउने उद्देश्यका साथ स्थापना भएको कृषि विकास बैंकको अति नै महत्वपुर्ण कार्यहरु केहि वर्ष यता भद्रगोल अवस्थामा थिए । जसको कारण बैंकको प्रवद्र्धनामा आँच आइरहेका थियो । तर यस बैंकको सिईओ पदमा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक लिलाप्रकाश सिटौलाको नियुक्ति भएसँगै विगतका केहि वर्षदेखि सम्पन्न हुन नसकेका महत्वपुर्ण कार्यहरु क्रमिक रुपमा सम्पन्न हुँदै आएका छन् । सिटौलाले बैंकको सुसासनका लागि गरेका कार्यहरु यसप्रकार छन् ।
मानव संसाधन व्यवस्थापन :
जनशक्ति त्यसमाथि दक्ष जनशक्तिविना सरकारी या प्राइभेट कुनै पनि संस्थाले संस्थागत उदेश्य प्राप्त गर्न असंभव हुने हुँदा संस्थागत उपलब्धिका लागि उचित समयमा उचित पदमा कर्मचारी चयन हुनु आवश्यक हुन्छ । यहि विषयलाई मध्येनजर गर्दै सर्वप्रथम लामो समयदेखि अव्यवस्थित रहँदै आएको यस बैंकको कर्मचारी छनौट, भर्ना, सरुवा, बढुवा देखि अवकाससम्मका कार्यहरु व्यवस्थित बनाउनमा सिटौलाले लामो होमओर्क गरेका गरे । यसै क्रममा बैंकमा दक्ष जनशक्ति पदपुर्तिका लागि लोकसेवा आयोगको सहभागिता हुने सम्मको व्यवस्था भयो । त्यस्तै, कर्मचारीको व्यक्तित्व विकाश र उत्प्रेरणासम्बन्धि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै कर्मचारीको मनोवल बढाउनेसँग सम्बन्धित कार्यहरु भए । त्यस्तै, मानव संसाधन व्यवस्थापनभित्र रहेका व्यथिति,विकृति र विसंगतिलाई हटाएर सभ्य जनशक्ति स्थापनामा सहयोग पुग्ने किसिमका कार्यहरु भए । उनी यस बैंकको कार्यकारी अधिकृतको भुमिकामा आएपछि भएको जनशक्ति व्यवस्थापन सम्बन्धि कार्य एक उत्पादकत्व र कार्यकुशलतासँग जोडिएको उपलब्धिमुलक तथा संगठनात्मक सुधारको कार्य हो ।
बैंकीङ कर भुक्तानी :
राष्ट्रप्रतिको संस्थागत दायित्वमा रहेको कर भुक्तानीसम्बन्धि कार्य पनि बैंकका अन्य कार्यजस्तै धेरै पहिलेदेखि अल्झिएर बसेको थियो । त्यस्तै धेरै कर्मचारीसँग सम्बन्धित कर पनि समस्याकै रुपमा रहेको थियो । देशको आर्थिक पाटोसँग जोडिएको कर भुक्तनीजस्तो महत्वपुर्ण कार्य पनि सिटौलाकै कार्यकालमा भएका कार्य हुन । उनले यस बैंकको नेतृत्व गरेपश्चात झण्डै २ अर्व १४ करोड बराबरको संस्थागत कर भुक्तानी गरे र नेपाल सरकारबाट करमुक्त संस्थाको रुपमा कृषि विकास बैंकलाई परिचित गराउने काममा सहयोग गराए । यो कार्यले बैंकको लागि मात्र हैन समग्र राष्ट्रको लागि नै फाइदा भएको छ ।
शाखा पुर्नस्थापना तथा नयाँ शाखा विस्तार :
द्धन्दकालको समयमा तथा भुकम्पका कारण बैंकका धेरै शाखाहरु विस्थापित भएका थिए । जसको कारण शाखा विस्थापित भएका क्षेत्रका जनताहरुले निक्कै लामो समयसम्म बैंकसँगै बैंकिङ सेवाबाट पनि विस्थापित हुनु परेको थियो । लिलाप्रकाशले बैंकको नेतृत्व गरेको निक्कै छोटो समयमा नै विस्थापित भएका स्थानहरुमा बैंकका शाखा पुर्नस्थापना भइ त्यहाँका नागरिकले पहिलेजस्तै बैंकिङ सेवा प्राप्त गरे । । शाखा पुर्नस्थापनासँगै नयाँस्थानहरु जहाँ बैंकिङ पहुंच पुग्न सेकेको छैन त्यस्ता ग्रामिण तथा विकट स्थानहरुमा बैंकको नयाँ शाखाहरुको स्थापना गरि कृषि विकास बैंकको उदेश्य प्राप्तिका लागि काम भए । यो कार्य सिटौलाले गरेका कार्यहररु मध्येका अर्को महत्वपुर्ण कार्य हो ।
सुचना प्रविधिको विस्तार :
समयको मागसँगै आज सुचना प्रविधिको आबश्यकता र महत्व अत्यन्तै बढिरहेको छ । त्यसमाथी बैंक तथा वित्तीय संस्थाहरुका लागि त सुचनाको प्रविधि अपरिहार्य हुँदैआइरहेको छ । नेपालको संदर्भमा प्राइभेट बैंकहरुको तुलनामा सरकारी बैंकहरु प्रविधि विस्तार र विकाशको पाटोमा निक्कै नै पछाडि रहेका छन् । यसले सरकारी बैंक, उपभोक्ता र समग्र देशको आर्थिक विकासमा नै असर पुर्याइरहेको हुन्छ । कृषि विकास बैंक पनि सरकारी स्वामित्वमा रहेको बैंक हो । बैंकको पहुंचलाई देशको कुना कुनासम्म पुर्याउने उदेश्य अनुरुप सुचना प्रविधि विस्तारको आबश्यकतालाई मनन गर्दै हालैका दिनहरुमा व्यापक रुपमा बैंकीङ सुचना प्रविधिको विकाश, विस्तार र सुधारका कार्यहरु भइरहेका छन् । यसअघि ९० ओटा मात्र शाखाहरु सिबीएसमा कनेक्टेड थिए । तर पछिल्लो समयमा १४८ ओटा शाखा सिबीएस जडित शाखा भएका छन् । त्यस्तै हिजोका दिनमा बैंकमा देखा परेका आइटि सम्स्याहरुको पहिचान र समाधानका लागि धेरै कार्यहरु भएका छन् । यसले गर्दा केहि हदसम्म बैंकको जोखिम पनि न्युन भएको सिटौलाको भनाइ छ ।
आन्तरिक नियन्त्रण पद्धति :
बैंकको वित्तीय विवरणलाई स्पष्ट गर्नका लागि निकै लामो समयदेखि पेन्डिङमा रहेका हिसाब मिलान र फछर््यौट सम्बन्धि अति महत्वपुर्ण कार्य सम्पन्न भए ।
कर्मचारी दायित्व निर्धारण :
विगतका बर्षहरुमा कर्मचारीको दिर्घकालिन दायित्वका विषयमा कुनै व्यवस्था गरिएको थिएन । हाल कर्मचारीको दिर्घकालिन दायित्वलाई लेखाङकृत रुपमा तयार पारिएको छ । अझ भनौँ कर्मचारीको वार्षिक दायित्वलाई बैंकले स्पष्ट रुपमा छुट्याइदिएको छ । बैंकले कर्मचारीको दिर्घकालिन दायित्व व्यवस्था गरेसँगै कर्मचारीले निर्धक्कका साथ काम गर्न पाएका छन् भने कर्मचारी र मेनेजमेन्ट पक्ष विचमा रहेको मिसअन्डरस्टेन्डिङ पनि दुर हुँदै गएको छ ।
अन्य कार्य :
बैंकको लेखापद्धतिमा सुधार, जोखिम कर्जा न्युनिकरणका लागि गरेको पहल, अन्य बैंक तथा वित्तीय संस्थाहरुको गाइडलाइनसम्बन्धि कार्य यस बैंकमा सिटौलाले कार्यकारी अधिकृतको पद सम्हालेपश्चात भएका कार्यहरु हुन् ।




