Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशन गर्ने

२०७८ माघ १४ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैकले चार वर्ष अवधिको लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘ङ’ निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हो ।

केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

ऋणपत्र माघ १६ गते ३ बजेसम्म अनलाइन प्रणालीबाट बोलकबोल पेश गर्नुपर्ने छ । माघ १७ गते निष्काशन हुने ऋणपत्रको साँवा २०८२ माघ १७ गते भुक्तानी गरिने छ भने अर्धबार्षिक रुपमा ब्उाज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन दिने सकिने छ ।

ऋणपत्रमा प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने छ । प्रतिस्पर्धीको लागि ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र अप्रतिस्पर्धीको लागि १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ छुटयाईएको छ ।