Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्त धादिङ्ग शाखाद्वारा बीमा क्षतिपुर्ति रकम हस्तान्तरण

२०७८ माघ ५ गते

बैंकिङ खबर/ काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गल्छी धादिङ्गद्वारा बीमा बापतको क्षतिपुर्ति रकम वितरण गरेको छ ।

गजुरी गा.पा. वडा नं.६ बन्छेटार धादिङ्गमा संचालित बन्छेटार म.स. की सदस्य स्व. सान्नानी तामाङ्गको मृत्यु पश्चात निजको श्रीमान कान्छा तामाङ्लाई ग्रामीण लघुजीवन बीमा बापतको रकम रु.२ लाख ६० हजार हस्तान्तरण गरिएको हो ।
समुह सदस्यहरु, त्यस क्षेत्रका समाजसेवी,भद्र, भलादमीको साथै गजुरी गा.पा. वडा नं. ६ का समाजसेबी वडाअध्यक्ष अर्जुन बहादुर भुजेलको उपस्थितिमा एक कार्यक्रमकाबीच बीमा रकम वितरण गरिएको हो ।

उक्त कार्यक्रममा गजुरी गा.पा. वडा नं. ६ का समाजसेबी वडा अध्यक्ष अर्जुन बहादुर भुजेलले लघुवित्त संस्थाहरुले ग्रामीण भेगका जनताहरुलाई आफनो कार्यक्रम मार्फत आर्थिक रुपमा माथि उठाउन भुमिका खेल्दै आएको र यसलाई अझ प्रभावकारी रुपमा दूर दराजमा सेवा बिस्तार गरि लघुउद्यमी बनाउन सहयोग गर्नु पर्ने साथै संस्थाबाट ल्याएको कर्जाको अधिकतम सदुपयोग गरि आय आर्जनको स्रोत बनाउनुपर्ने सुझाव दिए । 

यस निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड देशका ७ वटै प्रदेश, ७७ वटै जिल्लाहरुमा शाखा संञ्जाल रहेको नेपालको एक मात्र ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, ७ वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १८९ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ । संस्थाले २०७८ कात्र्तिक मसान्तसम्ममा ३ लाख ८४ हजार ५१२ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७८ कात्र्तिक मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. २५ अरब ७८ करोड रहेको छ भने ग्राहक सदस्यहरुको १६ अरब ५२ करोड बचत परिचालन गरेको शाखाका प्रमुख बीर बहादुर लामा तामाङले जानकारी गराएका थिए ।

Ad