January 16th, 2022

१३ प्रतिशत शेयर लाभांश पारित गर्दै कालिका लघुवित्तको बाह्रौं साधारण सभा सम्पन्न

बैंकिङ खबर/ राष्ट्रियस्तरको कार्यक्षेत्र भएको कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाले विभिन्न प्रस्तावहरु पारित गर्दै आ.व.०७७/०७८ को बाह्रौ साधारण सभा सम्पन्न गरेको छ ।

शुक्रवार सम्पन्न बाह्रौ साधारण सभाको उद्घाटन संचालक समितिका अध्यक्ष एवं सभाका अध्यक्ष कृष्णबहादुर खाणले गरेका थिए।

सभा अध्यक्ष एवं संचालक समितिका अध्यक्ष खाणले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनका सम्बन्धमा सहभागी शेयरधनीहरुको तर्फबाट उठेका टिप्पणी र सुझावहरुमा विस्तृत छलफल गर्दै सभामा पेश भएका विभिन्न प्रस्तावहरु लगायत १३ प्रतिशत शेयर लाभांशसहितको वार्षिक प्रतिवेदन पारित गर्दै आ.व.०७७÷०७८ को बाह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, पूर्वसंस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्रवन्ध संचालक केशवनारायण प्रधानले संस्थाको वर्तमान अवस्था र भावी योजनाहरुवारे विवरण प्रस्तुत गरेका थिए।

संस्थाका कम्पनी सचिव एवं वरिष्ठ प्रवन्धक फणिन्द्र पाण्डेले उक्त सभा संचालन गरेका थिए।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]