January 14th, 2022

राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गर्ने, सेयरधनीले लाभांश पनि नपाउने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गर्ने भएको छ। गत बैशाखमा मर्जरमा जाने सैद्धान्तिक समझदारी गरेका हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर १० महिनापछि भाँडिएसँगै राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गर्ने भएको हाे।

इन्भेष्टमेन्ट बैंक मर्जरमा जान तयार रहँदा रहँदै पनि हिमालयन बैंकका ४० प्रतिशतभन्दा बढी स्वामित्व भएका सेयरधनीले मर्जरको विपक्षमा भोट हालेकाले यी दुई बैंकबीच मर्जरको च्याप्टर क्लोज भएको छ।

राष्ट्र बैंकको कानूनी व्यवस्था अनुसार आज साधारणसभाले पारित गरेको लाभांश हिमालयन बैंकका सेयरधनीले नपाउने भएका छन्। यसबाहेक हिमालयन बैंकलाई शाखा कार्यालय खोल्न राष्ट्र बैंकले अनुमति नदिने तथा राष्ट्र बैंकबाट पाउने नियामकिय सुविधा हिमालयन बैंकले पाउने छैन।

हिमालयन बैंकले कारवाहीबाट बच्नका लागि अब अर्को वाणिज्य बैंकसँग मर्जर गर्नु पर्नेछ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]