January 9th, 2022

खप्तड लघुवित्त वित्तीय संस्थाको दोश्रो बार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर।

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड गोदावरी नगरपालिका वडा नं १ अत्तरिया कैलालीको दोश्रो बार्षिक साधारण सभा शनिबार होटेल नमस्ते अत्तरिया कैलालीमा विभिन्न निर्णय पारित गर्दै सम्पन्न भएको छ।

संस्थाको सञ्चालक समितिका अध्यक्ष सुमनप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयका का.मु. ब्यवस्थापक सुुशील ज्ञवाली रहेका थिए। कार्यक्रम संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सुरेशबहादुर बमले गरेका थिए।

संचालक रणदेब कृष्ण श्रेष्ठले स्वागत मन्तब्य, संचालक चन्द्रबहादुर चन्दले धन्यबाद मन्तब्य र संस्थापक शेयरधनीको तर्फबाट रामजी हमालले शुभकामना मन्तब्य राखेका थिए । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुमनप्रसाद श्रेष्ठले प्रस्तुत गरेको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन लगायत सामान्य प्रस्ताब र बिशेष प्रस्ताब पारित गरेको छ।

साथै चालु आर्थिक वर्षको हालसम्ममा वित्तीय संस्थाको कुल लगानी रकम २१ करोड र संचालन मुनाफा ३४ लाख रहेको र यसै आर्थिक वर्षभित्रमा सुदुरपश्चिम प्रदेशभित्र थप शाखा स्थापना गरी विपन्न वर्गमा लघुवित्त वित्तीय सेवा, वित्तीय साक्षारता तथा उद्यमशिलता विस्तार गर्ने लक्ष्य रहेको जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बमले जानकारी दिएका थिए।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]