Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सिभिल लघुवित्तको ७५औं शाखा सुर्खेतको मैनतडामा

२०७८ पुष २५ गते

बैंकिङ खबर।

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले सुर्खेत जिल्लाको मैनतडामा ७५औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

संस्थाले यस शाखा स्थापनासँगै कर्णाली प्रदेशमा समेत आफ्नो उपस्थिती जनाएको छ।

‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले विपन्नवर्गका समुदायहरुको समृद्धिमा टेवा पुर्याउने उद्वेश्यका साथ आफ्ना सेवाहरु ६३ हजार घर परिवारमा पुर्याएको छ।