जनउत्थान सामुदायिक लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण


Bankingkhabar /January 6, 2022

बैंकिङ खबर/ जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबार बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।

ऋषिङ्ग गाँउपालिका वडा नं.४, तनँहु स्थित शाखा कार्यालय बुलिङटारमा आबद्ध (केन्द्र नं. २१) बैंकिङ समुदायकी सदस्य स्व.सीता वि.कको मृत्यु पश्चात नीजका श्रीमान शिवलाल वि.कलाई बीमा दाबी रकम हस्तान्तरण गरिएको हो ।

नीज सदस्यको ०७८/०५/३१ गते ३१ वर्षको उमेरमा मृत्यु भएको थियो । स्व. सीता वि.क यस संस्थामा ०७६/११/१५ गतेबाट आबद्ध भइ बचत तथा कर्जा कारोबारमा संलग्न रहेको र ०७७/०६/२३ गतेका दिन रु. १,३०,०००।– (अक्षरुपी एक लाख तिस हजार रुपैयाँ मात्र ।) र मिति ०७८/०३/२० गतेका दिन रु. १००००।– (अक्षरुपी दस हजार रुपैयाँ मात्र ) कर्जा उपभोग गरेकोमा नीज सदस्यको मृत्यु पश्चात बीमा दाबीबाट रु १,५१,००० प्राप्त भएकोमा नीजले उपभोग गरेको कर्जा मध्ये बाँकी कर्जा रकम रु ५३७५४ कट्टा गरी नगद रकम रु ९७,२४६ हस्तान्तरण गरियो ।

बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रममा संस्थाको चितवन वेश अनुगमन अधिकृत चेत नारायण रिमाल र बुलिङटार शाखाको शाखा प्रमुख सुशिल रायमाझीले मृतकका श्रीमानलाई चेक हस्तान्तरण गरे । उक्त कार्यक्रममा अनुगमन अधिकृत चेतनारायण रिमाल र शाखा प्रमुख सुशिल रायमाझी, कर्मचारी झविन्द्र सुस्लिङ मगर र बैंकिङ समुदायका सदस्यहरुको उपस्थिती रहेको थियो।


सोसिअल मेडिया