
बैंकिङ खबर/गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँमा भएकाे साधारण सभाकाे संचालक समितिका अध्यक्ष युवराज भण्डारीले उद्घाटन गरेका थिए ।
उक्त साधारण सभाले चुक्तापुँजीको १९ प्रतिशतले हुने बोनश शेयर तथा कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरि जम्मा २० प्रतिशत लाभांश वितरण गर्ने लगायतका सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।
साथै सभाबाट संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालकमा अर्चना प्रधान, शिल्पा प्रधनाङ्गर, निरजा शर्मा सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।



