
बैंकिङ खबर/ बैंकवित्तको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप गत पुस ९ गते एकैदिन ७ अर्ब रुपैयाँले बढेको हो । पुस ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गते बढेर ४८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।
पुस ९ मा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन ६ अर्ब रुपैयाँले बढेर कुल निक्षेप ४२ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । गत पुस ८ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २९ अर्ब रुपैयाँ रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरुको पुस ९ मा कुल कर्जा लगानी ४६ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ । गत पुस ८ गतेसम्म पनि कुल कर्जा लगानी ४६ खर्ब ५ अर्ब रुपैयाँ नै रहेको थियो ।
यसैगरी पुस ९ गतेसम्म वाणिज्य बैंकहरुको पनि कुल कर्जा लगानी ४० खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ । गत पुस ८ गतेसम्म पनि कुल कर्जा लगानी ४० खर्ब ८८ अर्ब रुपैयाँ रहेको थियो । पुस ९ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९१.४२ प्रतिशत रहेको छ । औसत सीडी रेसियो पुस ८ गते पनि ९१.४२ प्रतिशत नै रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अन्तरबैंक ब्याजदर पनि बढेर ४.९८ प्रतिशत पुगेको छ ।