Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

बिपिडब्लु लघुवित्तको साधारणसभा ३० पुसमा, आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित हुने

२०७८ पुष ११ गते

बैंकिङ खबर।

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारणसभा ३० पुसमा बोलाएको छ। लघुवित्तले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेन्डासहित सिद्धार्थ कटेज धोवीघाट ललितपुरमा बिहान ११ बजे सभा आह्वान गरेको हो।

सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित हुनेछ। त्यस्तै, अन्य कुनै पनि लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्न/गाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने एजेन्डा छ।