
बैंकिङ खबर।
सनराइज बैंकले सहकारीका ग्राहकले पनि भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्था गरेको छ। बैंकले काठमाडौंमा एक कार्यक्रम गरेर सहकारीका ग्राहकले पनि भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्था सुरु गरेको हो।
उक्त सेवा विस्तारको लागि बैंकले पायोनियर एसोसिएट्स (कोसिस सहकारी सफ्टवेयर), आइमार्क तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग सम्झौतासमेत गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले ४ वर्षको प्रयासपछि सहकारीमा भिसा डेविड कार्ड प्रयोगमा ल्याउन सफल भएको बताए।
सीईओ शर्माले नेपाल सरकार तथा केन्द्रीय बैंकले मौद्रिक नीतिमा नै सहकारीलाई पनि डिजिटल बैंकिङ कारोबारका ल्याउन योजना अनुसार यो कार्यक्रम सनराइज बैंकले सुरु गरेको बताए। उनले सहकारी र बैंक बीचमा भिसा तथा डेविट कार्ड मार्फत भुक्तानी गर्ने सक्ने व्यवस्था दक्षिण एसियामा नै पहिलो भएको बताए।
सीईओ शर्माले यो कार्यले सहकारीमा समेत ग्राहकको विश्वास बढ्ने बताए। ४ वर्षको अथक प्रयासपछि बिहीबारबाट सुरु गर्न सफल भएको उनले बताए। बैंकले पहिलो चरणमा चार वटा सहकारी संस्थासँग भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्थामा सम्झौता गरिसकेको छ ।
भिसा ब्राण्डअन्तर्गत सहकारी संस्थाको ग्राहकको लागि भिसा डेबिट कार्ड जारी गर्ने यो योजना दक्षिण एसियामा पहिलो भएको छ। सनराइज बैंकले यो परियोजनाअन्तर्गत जारी हुने कार्डमार्फत हुने कारोबारको लागि सेटलमेन्ट बैंकको भूमिका निर्वाह गर्ने बताएको छ।काराेबारबाट