
बैंकिङ खबर/पूर्वराज्यमन्त्री तथा आर्थिक शशक्तिकरणकी अगुवा नेतृ भगवती चौधरीले ग्रामिण अर्थतन्त्रलाई मजबुद बनाउँदै महिलालाई आर्थिक अभियानमा जोड्न सहकारीले महत्वपूर्ण भूमिका खलेको बताएकी छन् ।
फोरवार्ड बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभामा बोल्दै नेतृ चौधरीले गाउँघरमा छरिएर रहेका स–साना पुँजीहरुलाई एकीकृत गरी सहकारीमार्फत आर्थिक क्षेत्रमा लगानी गर्दा समाज रुपान्तरणमा समेत सहयोग पुग्ने बताइन् ।
फोरवार्ड सहकारीले आर्थिक रुपमा पछि परेका महिलाको जिवनस्तर उकास्न महत्वपूर्ण योगदान दिएको बताउँदै चौधरीले राज्यले सहकारी, लघुवित्त क्षेत्रमा काम गर्ने संस्थाको विकास र स्तरोन्नतीमा खासै ध्यान नदिएको पनि बताइन् । दुई दशकदेखि आर्थिक शशक्तिकरणको अभियानमा सक्रिय नेतृ चौधरीले समुन्नत राष्ट्र निर्माणको अभियानमा राज्यले सहकारी, माइक्रोफाइनान्स जस्ता गाउँघरमा सक्रिय वित्तीय संस्थाहरुलाई समेटेर कार्यक्रम बनाउनुपर्ने बताइन् ।