Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

समता घरेलु लघुवित्तको आठौँ बार्षिक साधारण सभा सम्पन्न

२०७८ पुष ७ गते

बैंकिङ खबर।

काभ्रेपलाञ्चोक केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मिराबेल रिसोर्ट एण्ड होटेल, धुलिखेलमा आफ्नो आठौँ बार्षिक साधारण सभा संस्थाका अध्यक्ष डम्मरमणि थेवे लिम्वुको अध्यक्षतामा सम्पन्न गरेको छ।

आन्तरिक राजस्व कार्यालय, धुलिखेलका प्रमुख कर अधिकृत कमल बहादुर राजलवटको प्रमुख आतिथ्यतामा संचालित सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रम तथा बजेट पारित गर्नुको साथै शेयरधनीहरुको लागि कुल चुक्ता पुँजी रु. २८,५६,२०,१६०/- को २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय पारित गरेको छ।

प्रवन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर संरचना ७०/३० (संस्थापक: सर्वसाधारण) कायम हुने गरी सर्वसाधारणको लागि पुनः शेयर २,४१,२०० कित्ता शेयर जारी गर्ने प्रस्तावसमेत पारित गरेको छ।

त्यसैगरी आगामी चार वर्षका लागि संस्थापक समूहबाट ४ जना निर्वाचन प्रक्रिया र सर्वसाधारण समूहबाट २ जना निर्विरोध गरि जम्मा ६ जना सञ्चालकहरु समेत सभाद्वारा निर्वाचित भएका छन्। आज बसेको सञ्चालक समितिको बैठकबाट निर्वाचित सञ्चालकहरु मध्येबाट संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक डम्मरमणि थेवे लिम्बुलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गर्ने निर्णय भएको छ। साथै उक्त बैठकले स्वतन्त्र सञ्चालकको रुपमा निरंजन पराजुलीलाई नियुक्ति गर्ने निर्णय भए अनुसार वित्तीय संस्थाको सञ्चालक समिति देहाय बमोजिम गठन गरिएको हो ।

सञ्चालकको नाम, थर          पद समूह
डम्मर मणि थेबे लिम्बु            अध्यक्ष (संस्थापक)
राजेश्वर प्रसाद आचार्य            सञ्चालक (संस्थापक)
हरि बहादुर भण्डारी               सञ्चालक (संस्थापक)
विश्वराम खड्का                     सञ्चालक (संस्थापक)
भक्तराम खड्का                   सञ्चालक (सर्वसाधारण)
अनुपा ओझा                         सञ्चालक (सर्वसाधारण)
निरंजन पराजुली                    सञ्चालक (स्वतन्त्र)