
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २७ पुसमा वार्षिक साधारणसभा बोलाएको छ। होटल द नारायणी, गैंडाकोट, नवलपरासीमा बिहान १० बजेका लागि पाँचौं वार्षिक साधारणसभा आह्वान गरेको हो।
सभामा हाल कायम चुक्ता पुँजीको २७ दशमलव ७० प्रतिशत बोनस सेयर र सो मा लाग्ने कर प्रयोजनार्थ १ दशमलव ४६ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित हुनेछ। अन्य उपयुक्त लघुवित्तसँग मर्जर वा एक्विजिसनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालकहरूको निर्वाचन गर्नेलगायतका एजेन्डा छन्।
लघुवित्तले सभा प्रयोजनार्थ १५ पुसमा बुकक्लोज गर्ने भएको छ। यसर्थ, १४ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।



