
बैंकिङ खबर/ सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई माघ १२ देखि लागू हुने गरी सीइओमा नियुक्त गरेको हो ।
बैंकका हालका सीइओ भुवन दाहालको कार्यकाल आउँदो माघ ११ गते सकिनेछ । लगातार दुई कार्यकाल सीइओ बन्न नपाइने व्यवस्था अनुसार दाहाल सानिमाबाट बाहिरिन लागेका हुन् । पाण्डेलाई सीइओ बनाउनको लागि नै केही दिन अगाडि बैंकले डेपुटी सीइओमा बढुवा गरेको थियो ।