
बैंकिङ खबर/अर्थमन्त्री जनार्द्धन शर्माले सेयर बजारमा देखिएका समस्या समाधान हुने बताएका छन्। मंगलबार सेयर लगानीकर्ताको भेटका क्रममा मन्त्री शर्माले आफू पुँजी बजारको दिगो विकास र विस्तारका लागि लागिपरेको बताए ।
मन्त्री शर्माले पुँजी बजारको दिगो विकास र विस्तारका लागि आफू सकारात्मक रहेको र धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ति पनि चाँडै हुने बताए। सेयर लगानीकर्ताको विभिन्न सङ्घ( संस्थाहरुको संयुक्त कार्यदलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका थिए। भेटका क्रममा लगानीकर्ताले पुँजी बजारको वर्तमान अवस्था, शेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को नियुक्ति, ५८ बुँदे मागका बाँकी कामलगायतका विषयमा ध्यानाकर्षण गराएका थिए।