Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्लोबल आइएमई लघुवित्तको नवौँ वार्षिक साधारणसभा, २८ प्रतिशत लाभांश पारित

२०७८ मंसिर २८ गते

बैंकिङ खबर/ ग्लोबल आइएमई लघुवित्तको नवौँ साधारण सभा मंगलबार होटल पोखरा ग्राण्ड, कास्कीमा सम्पन्न भएको छ । वित्तीय संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन वित्तीय संस्थाका प्रमुखकार्यकारी अधिकृत एवम् कम्पनी सचिव हरिकृष्ण जोशीले गरेका थिए भने उपस्थित सम्पूर्ण महानुभावहरुलाई संचालक रुपेन्द्र वाग्लेले स्वागत गरेका थिए ।
आर्थिक वर्ष २०७७-०७८ को कुल मुनाफाबाट संस्थाले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको २८ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै वित्तीय संस्थाको नवौँ साधारणसभा सम्पन्न भएको हो ।

वित्तीय संस्थाले आर्थिक वर्ष २०७७-०७८ मा संचालन मुनाफा ३४ करोड ९४ लाख रुपैयाँ र कर पछिको मुनाफा २१ करोड ८३ लाखआर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरण पश्चात वित्तीय संस्थाको चुक्तापुँजी ५५ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।
साधारणसभामा वित्तीय संस्थाको संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७-७८ को प्रतिवेदन प्रस्तुतगर्दै अध्यक्ष बुद्धि अकेलाले सम्पूर्ण शेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रतिआभार व्यक्त गर्दै साधारणसभा सफलतापूर्वक सम्पन्न गराईदिएकोमा धन्यवाद दिए ।
वित्तीय संस्थाले हाल ५४ जिल्लाका ११८ वटा शाखा कार्यालयहरु मार्फत १ लाख ३७ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदानगर्दै करिब २ अर्ब ४५ करोड बचत संकलन गरी करिब ७ अर्ब ८९ करोड लगानी गरेको छ भने निकट भविष्यमा थप जिल्लाहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।