
बैंकिङ खबर।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चितवनको सौराहामा व्यवस्थापन सम्मेलन २०७८ सफलतापूर्वक सम्पन्न गरेको छ। मंसिर २२ देखि २४ गतेसम्म भएको उक्त सम्मेलनमा ब्यवस्थापन समूह र शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो। सम्मेलनले वर्तमान परिवेशको शुक्ष्म विश्लेषण गर्दै आवश्यक रणनीति तय गरेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले उक्त कार्यक्रमको उदघाटन गर्दै वित्तीय सुशासन, कारोवा।रमा पारदर्शीता, आन्तरीक श्रोत परिचालन, सेवा प्रवाहमा प्रविधिको प्रयोगसहितको ग्राहकको चाहना अनुसारको सेवा आजको आवश्यकता रहेको विषयमा प्रकाश पारेका थिए । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृतद्वारा शाखा प्रबन्धकहरुलाई ट्यावलेट हस्तान्तरण गर्दै सम्पूर्ण शाखाबाट ट्यावलेट बैकिङ कारोवारको शुभारम्भ भएकोे घोषणा गरेका थिए।
कार्यक्रमको अन्तिम दिन उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाहरुलाई वर्षको उत्कृष्ट शाखा सम्मानवाट पुरस्कृत गरिएको थियो भने केन्द्रीय तथा प्रादेशीकस्तरका उत्कृष्ट कर्मचारीहरुलाई वर्षको उत्कृष्ट कर्मचारी उपाधिवाट सम्मान तथा पुरष्कृत गरिएको थियो ।
३ दिने कार्यक्रम समापन गर्दै संचालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुले संस्थाको समग्र उपलब्धिमा कर्मचारीको विशेष योगदान रहने भएकोले त्यसमा निरन्तर लागीरहन आग्रह गरेका थिए। लक्ष्मी लघुवित्तलाई एउटा उत्कृष्ट लघुवित्त संस्था बनाउन आवश्यक सहयोग गर्न सञ्चालक समिति र लक्ष्मी वैंक प्रतिवद्ध रहेको पनि अध्यक्षले जानकारी गराए।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २०७८ कार्तिक मसान्त सम्ममा ५५ वटा जिल्लामा आफ्नो कारोबार संजाल बिस्तार गरि ग्रामीण, पिछडिएको, बैकिङ्ग पहुँचबाट टाढा रहेका ग्राहक वर्गहरुलाई लक्षित गर्दै ९६ हजार ग्राहक वर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ।




