
बैंकिङ खबर।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.ले आफ्ना विभागीय प्रमुख तथा अनुगमन अधिकृतहरुसहितको व्यवसाय प्रवर्द्धन तालिम तथा समीक्षा गोष्ठी कार्यक्रम काभ्रेको धुलिखेल स्थित होटल सारथीमा सम्पन्न गरेको छ । मंशिर २५ र २६ गते आयोजना भएको कार्यक्रममा संस्थाका कार्यकारी तहसहित विभागीय प्रमुखहरु, क्षेत्रीय कार्यालय प्रमुखहरु एवम् ब्लक स्टेशन प्रमुखहरुसहितको कार्यक्रम भएको हो।
कार्यक्रममा अनुगमन प्रमुखहरुले आफूले गरेका कार्यहरुको समीक्षा गरेका थिए भने विभागीय प्रमुखहरुले विभागीय योजनाहरु प्रस्तुत गरेका थिए । नेपाल राष्ट्र बैंकले गरेका निर्देशनहरुको पूर्णपरिपालना गर्ने सम्बन्धमा, तथा हालै वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको बेलामा आवश्यक योजना, गुणस्तरीय लगानी तथा निष्क्रिय कर्जा सुधारको लागि आगामी रणनीतक योजनाहरु तय गरिएको हो।
अनुगमन अधिकृतहरुलाई कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले सहजिकरण गरेका थिए।



