Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

उन्नति सहकार्य लघुवित्तका कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

२०७८ मंसिर २६ गते


बैंकिङ खबर/ उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड गण्डकी प्रदेश कार्यालयले कर्मचारी नेतृत्व तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थामा कार्यरत सहायक स्तरका कर्मचारीहरुको नेतृत्व विकास र क्षमता विकास प्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा वित्तीय संस्थाका बागलुङ स्टेशन प्रमुख जयबहादुर विटालु र शाखा प्रबन्धक गिता पौडेलले सहभागीहरु लाई तालिम दिएका थिए । यस वित्तीय संस्थाले नेपालको गरिवी न्युनीकरण,सामाजिक उत्तरदायित्व कार्यक्रम, साक्षर कार्यक्रम,सिपमुलक तालिम ग्राहकमैन्त्री कार्यक्रम,कर्जा, बचत, कर्जा बीमा कार्यक्रम गदै आइरहेको छ । यस लघुवित्तले वित्तीय संस्थामा कार्यरत विनिन्न तहका कर्मचारीहरु लाई विभिन्न तालिम दिँँदै आएको छ ।