Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

यस्तो छ आइतबारको लागि विदेशी मुद्राको विनिमय दर

२०७८ मंसिर २६ गते

बैंकिङ खबर।

नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९३ पैसा छ भने बिक्री दर १२१ रुपैयाँ ५३ पैसा पुगेको छ।

युरोपियन युरो एकको खरिद दर १३६ रुपैयाँ ४३ पैसा र बिक्री दर १३७ रुपैयाँ ११ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ६५ पैसा र बिक्री दर १६० रुपैयाँ ४४ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ८९ पैसा र बिक्री दर १३१ रुपैयाँ ५४ पैसा छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४५ पैसा र बिक्री दर ८६ रुपैयाँ ८८ पैसा छ।

क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५५ पैसा कायम भएको छ। जापानी यन १० को खरिद दर नेपाली १० रुपैयाँ ६४ पैसा र बिक्रीदर १० रुपैयाँ ६९ पैसा रहेको छ। त्यस्तै, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९९ पैसा र विक्री दर १९ रुपैयाँ ९ पैसा रहेको बैंकले जनाएको छ।

साउदी अरेबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा छ भने कतारी रियाल आज एकको खरि दर ३२ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ३८ पैसा छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा र बिक्री दर २८ रुपैयाँ ८५ पैसा कायम भएको राष्ट्र बैंकले जारी गरेको सूचीमा उल्लेख छ।

Ad