Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न, लाभांश पारित

२०७८ मंसिर २४ गते


बैंकिङ खबर/मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नुवाकोटको सभा होटल वाटर टावर, बट्टार सभाकक्षमा सम्पन्न भएको सभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित समेत पारित गरेको छ ।

सभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुमा प्राइम कमर्सियल बैंकको तर्फबाट संजिव मानन्धर,सिटिजन्स बैंकको तर्फबकाट सुमित बाबु खत्रि, ग्लोब आइएमई बैंकको तर्फबाट कल्याण विक्रम पाण्डे र कुमारी बैंकको तर्फबाट सजना मानन्धर निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीको शुक्रबार बसेको ११९ औं बैठकले संजिव मानन्धरलाई अध्यक्षमा सर्वम्मत चयन गरेको छ ।