Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आरएमडीसी लघुवित्तद्वारा २५ प्रतिशत लाभांश घोषणा

२०७८ मंसिर १५ गते

बैंकिङ खबर।

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

आरएमडीसीले १५ मंसिरमा बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन्।

हाल लघुवित्तको चुक्ता पुँजी एक अर्ब तीन करोड ४२ लाख २१ हजार ९३९ रुपैयाँ रहेको छ। सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी एक अर्ब २४ करोड १० लाख ६६ हजार ३२६ रुपैयाँ पुग्नेछ।