Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

रेमिट्यान्स आप्रवाह ७.६ प्रतिशतले घट्यो, विदेश जान श्रम स्वीकृति लिनेहरु बढे

२०७८ कार्तिक ३० गते

बैंकिङ खबर । राष्ट्र बैंकद्धारा देशको आर्थिक अध्ययन प्रतिवेदन सार्बजनिक गरेको छ । राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको (आर्थिक वर्ष २०७८÷७९ को तीन महिनाको तथ्याङ्कमा आधारित) रिपोर्ट सार्वजनिक गरेको हो । जसमा शोधनान्तर स्थिति रु.७६ अर्ब १३ करोडले घाटामा देखिएको छ भने रेमिट्यान्समा पनि कमी आएको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले कमी आई रु.२३९ अर्ब ३२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ६६,३१६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई ३४,८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.१ प्रतिशतले कमी आई रु.२६३ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १०.२ प्रतिशतले बढेको थियो ।

Ad